कतै तपाईँको मतदाता नामावली छुटेको छ कि !

आसन्न फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनमा तपाईँले आफूले चाहेको उम्मेद्वारलाई मतदान गरी विजयी बनाउन उत्सुकताका साथ बसिरहनु भएको छ । मतदानका दिन फागुन २१ गते मतदान गर्न जानु हुन्छ । मतदानका लागि लाम लागेर बस्नु हुन्छ । मतदानका लागि तपाईँको नामा रुजु गर्नु हुन्छ तर तपाईँको नाम मतदाता नामावली फाराममा भेटिँदैन । त्यसबेला तपाईँ निराश बनेर फर्कनु बाहेक अरू केही उपाय हु्ँदैन । तपाईँले साेचेको र बनाएको योजना एकैछिनमा चकनाचुर बन्न पुग्छ ।

त्यस भए अब के गर्ने त !

समयमै आफूले निर्वाचन आयोग आधिकारिरक वेभसाईटमा गएर आफ्ना मतदाता नामावली रुजु गर्न सक्नु हुनेछ । मतदाता नामावली नम्वर आफ्नो नोटबुक वा नम्वर टिपेर आफ्नो अत्यावश्यक कागजातसँगै उक्त टिपोट केस्रालाई नत्थी गरेर राख्न सक्नु हुनेछ ।

समाचारको अन्तिममा दिएको लिङ्कमा क्लिक गर्नुहोस् :

१. आफ्नो प्रदेश छान्नुहोस ।

२. आफ्नो जिल्ला छान्नुहोस ।

३. आफ्नो गाउँ पालिका वा नगरपालिका वा महानगरपालिका छान्नुहोस ।

४. आफ्नो स्थानीय तह मातहतको वडा नं. छान्नुहोस ।

५. आफ्नो मतदान केन्द्र छान्नुहोस् ।

अब तपाईँको मतदाता नामावली देखियो कि देखिएन ? यदि देखिएन भने आफ्न सम्बन्धित वडा कार्यालयमा आफ्नो विवरणसहित जानकारी गराउनुहोस् ।

तपाईँको जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगमा तपाईँको सजिलै पहुँच भएमा सोझै सम्पर्क गरी आफ्नो विवरण बताउनुहोस् ।

उल्लिखित कुराहरू तपाईँ आफू स्वयमले गर्न सक्नु हुन्न भने आफना नजिकका वा छिमेकी वा आफ्नो वडा कार्यालयमा गएर तपाईँले जानकारी लिन सक्नु हुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top